विज्ञापन

सुनको मूल्य एकैदिन तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

विज्ञापन
Image
3D illustration Background for advertising and wallpaper in market and investment scene. 3D rendering in decorative concept.
विज्ञापन

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले उपलब्ध गराएको पछिल्लो मूल्यसूचीअनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन