विज्ञापन

संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको निर्णय

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको असार १ गतेको बैठक बहिष्कार गरेसँगै सो दिनको बैठक भत्ता नलिने निर्णय गरेको छ। पार्टीले यो निर्णय संसद सचिवालयलाई औपचारिक रूपमा जानकारी गराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ, “भिजिट भिसा प्रकरणमा संसद्मा उठेका मागहरूका बीच बैठक जबर्जस्ती सञ्चालन गर्नु अनुचित ठहर गर्दै राप्रपाले सो बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। त्यसैले उक्त दिनको बैठक भत्ता राजस्व खातामा फिर्ता गरिदिन अनुरोध गर्दछौं।”

शाहीले आज (सोमबार) पनि आइतबारको शैलीमा संसद् बैठक सञ्चालन गरिएमा पार्टीले पुनः बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्।

राप्रपाले भत्ता नलिने निर्णय गर्दै संसदीय नैतिकताको उदाहरण प्रस्तुत गर्न खोजेको हो, जुन सन्दर्भमा अन्य दलका सांसदहरूले समेत आफ्नो धारणा दिनुपर्ने चासो सतहमा आएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन