विज्ञापन

पहिचान नभएका शवको अस्थायी व्यवस्थापन : परिवारको अधिकार कसरी सुरक्षित हुन्छ ?

विज्ञापन
Image
विज्ञापन

गत भदौ १० गते आएको रसुवा बाढीले असाधारण क्षति पुर्‍याएको छ। त्रिशूली नदीको तटीय क्षेत्रमा विस्तार भइरहेका बस्ती, चीन–नेपाल भन्सार, पासाङ ल्हामु राजमार्ग, त्यहाँ यात्रा गरिरहेका यात्रु, त्रिशूली नदीमा निर्मित जलविद्युत् आयोजना तथा त्यहाँ कार्यरत सयौं मानिस अनपेक्षित रूपमा विपद्को चपेटामा परे।

यसबाट ठूलो जनधनको क्षति भएको छ। बाढीमा सयौं विदेशी नागरिक समेत बेपत्ता भएका कारण खोज तथा उद्धार अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

नेपाल सरकार अहिले उद्धार, खोज तथा राहत कार्यमा केन्द्रित छ। जीवितको उद्धारसँगै बाढीका कारण विभिन्न स्थानमा फेला परेका पहिचान हुन नसकेका शवको व्यवस्थापन पनि अर्को गम्भीर मानवीय जिम्मेवारी बनेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवन, नवलपरासीपूर्व लगायत जिल्लामा तथा भारतसम्म पनि शव तथा शरीरका अङ्ग पुगेका छन्। हजारौं मानिस अझै सम्पर्कविहीन रहेको अवस्थामा पहिचान हुन नसकेका शवको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

हराइरहेका मानिसका परिवारका लागि एउटा शव केवल शव होइन, त्यो आफ्नो प्रियजनसँग जोडिएको अन्तिम प्रमाण हो। त्यसैले पहिचान नभएका शवको व्यवस्थापन जनस्वास्थ्य र प्रशासनको विषय मात्र होइन; यो मानवीय संवेदना, मृतकको सम्मान, परिवारको अधिकार र न्यायसँग जोडिएको विषय पनि हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन