विज्ञापन

आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

विज्ञापन
Image
विज्ञापन

४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने विश्वासका साथ यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिनाजस्ता विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।

हरिशयनी एकादशीका दिन मठमा रोपिएको तुलसीलाई आज विष्णुसँग विवाह गराइदिने परम्परा छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा बाँस वा निगालाको लिङ्गो र उँखुका लाक्रा गाडेर मठलाई लिपपोत गरी सिंगारेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

तुलसी पूजा गर्ने व्रतालुले आजको दिन सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नास भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, (भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचंगुनारायण र विशंखुनारायण) सहित देशभरका विष्णु मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।

काठमाडौं उपत्यकाका चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्दछ । बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव) दुवै देवताको मूर्ति छ । ठूलो ढुंगामा हरि र हर दुवैको मूर्ति भएको विश्वकै दुर्लभ शिला मानिने भएकाले यहाँ वार्षिक लाखौं पर्यटक दर्शनका लागि पुग्ने गर्दछन् ।

आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन (होम) गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन जुरेका दिनमात्र तुलसी पूजा गर्न हुने विधि छ । यसरी चारमहिने तुलसी पूजा समापन हुन्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन