नयाँ दिल्ली । भारत र बंगलादेशबिच सम्बन्ध यतिबेला तनावपूर्ण छ । तर दुई पक्षबिच सम्बन्ध तिक्त भएपनि भारतले बंगलादेशलाई १६ हजार टन चामल दिएको छ ।
यो चामलको दोस्रो खेप शनिबार बंगलादेशको मोंगला बन्दरगाहमा पुगेको छ । दुई वटा जहाजमा ती चामल पठाइएको हो । यो खेपमा १६ हजार ४०० टन चामल थियो ।
बंगलादेशलाई भारतले ३ लाख टन चामल दिने सम्झौता भएको छ । यसमध्ये ४० प्रतिशत मोंगला बन्दरगाहमा र बाँकी चटगाउँ बन्दरगाहमा अनलोड गरिनेछ ।
यसअघि जनवरी २० मा ५ हजार ७०० टन चामल पठाइएको छ । केही दिन अघि बंगलादेशको अन्तरिम सरकारले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्ने बताएको थियो ।एजेन्सी
प्रतिक्रिया जनाउनुहाेस्
















