विज्ञापन

ट्रम्पले लगाएको करको प्रभावबारे के भन्छिन् निर्मला सीतारमण ?

विज्ञापन
Image
विज्ञापन

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमाथि लगाएको करबारे भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रतिक्रिया दिएकी छिन् । यी करले अप्रत्यक्ष रूपमा भारतलाई असर गर्न सक्ने उनको भनाइ छ ।

अर्थमन्त्री निर्मला सीतारमणले समाचार वेबसाइट हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भनिन्– ‘हामीलाई यो थाहा छैन कि हाम्रो लागि केही प्रभाव हुन सक्छ कि सक्दैन । मेक्सिको, क्यानडा र चीनमा लगाइएका कुनै पनि शुल्कले हामीमाथि अप्रत्यक्ष रुपमा प्रभाव पार्न सक्छ ।’

‘यसले हामीलाई विशेष रूपमा असर गर्छ कि गर्दैन भनेर म भन्न सक्दिन । के हुनेवाला छ हामीलाई थाहा छैन । हामी यसमा नजर राख्नेछौँ । हामीमाथि यसले कस्तो प्रभाव पार्छ भनेर हामी अहिले नै भन्न सक्दैनौँ’ अझ अगाडि उनले भनिन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिलेसम्म मेक्सिको, क्यानडा र चीनमा कर लगाइसकेका छन् । उनले चाँडै नै युरोपेली संघमा पनि कर लगाउने कुरा गरेका छन् ।

@एजेन्सी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन