विज्ञापन

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्डको स्पष्ट अभिव्यक्ति

विज्ञापन
Image
विज्ञापन

म्याग्दी, २८ जेठ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश फेरि पुरानो राजनीतिक व्यवस्थामा नफर्कने दाबी गरेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र लामो संघर्षबाट प्राप्त भएको उल्लेख गरे।

“यो व्यवस्था जनताको त्याग र बलिदानको उपज हो,” प्रचण्डले भने, “अब यो व्यवस्थाका कमजोरीहरू सुधार्दै अघि बढ्नुपर्ने हो, फर्किन सकिँदैन।”

उनले वर्तमान राजनीतिक नेतृत्वले जनतामा निराशा फैलन नदिने गरी काम गर्नुपर्ने पनि उल्लेख गरे।

कार्यक्रममा उनले जनताको समस्या बुझ्न आफू सधैं उनीहरूको घरदैलोमा पुग्ने गरेको बताए। त्यस्तै, कालीगण्डकी करिडोरको विकास कार्य चाँडो सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताए।

प्रचण्डको अभिव्यक्तिलाई हालको राजनीतिक संक्रमणकालीन अवस्थामा संघीयताको सुदृढीकरणप्रति स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन