विज्ञापन

सत्तापक्षको जवाफ कुर्दै माओवादी, प्रचण्ड फर्किएपछि विपक्षी दलहरूको रणनीति तय हुने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — संसद् अवरोध हटाउने पहलस्वरूप प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्तापक्षको औपचारिक जवाफको प्रतीक्षामा रहेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दै प्रारम्भमा राजीनामाको माग राखेको माओवादी अब उच्चस्तरीय छानबिन समिति गठनको प्रस्तावमा सीमित भएको छ।

माओवादीले मंगलबार संसदमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पठाएको थियो, तर हालसम्म सत्तापक्षबाट कुनै प्रतिउत्तर नआएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्। उनले भने, “सत्तापक्षले संवादको पहल नगरेसम्म आजको बैठक पनि अवरुद्ध हुन सक्छ।”

प्रमुख प्रतिपक्षसहित अन्य विपक्षी दलहरू संसद्को नियमित कार्यसूची अघि नबढोस् भन्ने रणनीतिमा जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन्। उनीहरू २०६४ सालदेखि दोहोरिँदै आएको भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको मागमा एकजुट देखिएका छन्।

यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ भ्रमणबाट फर्केपछि आजै विपक्षी दलहरूसँग समन्वयात्मक छलफल गरी आगामी रणनीति तय गरिनेछ।

उता, संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसासम्बन्धी छुट्टै पाँच बुँदे प्रस्ताव सरकार समक्ष पेश गरिसकेको छ। तर नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपाको प्रस्तावमा खासै चर्चा वा समन्वय नहुने बताएका छन्।

संसदीय गतिरोध चिर्न वार्ता तथा संवाद अपरिहार्य देखिएको छ, तर सत्तापक्ष र विपक्षबीच अहिलेसम्म ठोस सहमति नजुट्दा संसद् पुनः अवरुद्ध हुने सम्भावना उच्च देखिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन