विज्ञापन

सभापति रविमाथि प्रश्न उठेपछि रास्वपा आन्तरिक छलफलमा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ — गृहमन्त्रीको राजीनामाको माग राख्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै सभापति रवि लामिछानेको नैतिकतामाथि उठेका प्रश्नहरूका कारण आन्तरिक दबाबमा परेको छ। पार्टीले यस विषयमा औपचारिक छलफल सुरु गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछानेमाथि नैतिक प्रश्न उठाउँदै सोधे, “ごुन नैतिकताले उनी पार्टी सभापति भइरहेका छन्? अनि उनी नेतृत्व गरेको पार्टीले अरूलाई नैतिकताको पाठ पढाउने अधिकार कुन आधारमा पाउँछ?”

यसपछि रास्वपाले सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिँदै आन्तरिक छलफल थालेको जनाएको छ। पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले भने, “सार्वजनिक रूपमा उठेका प्रश्नबारे कसरी जवाफ दिने भन्ने विषयमा छलफल सुरु गरेका छौँ। आइतबार एक चरण छलफल भइसकेको छ, सोमबार थप छलफल हुँदैछ।”

सभापति लामिछानेमाथि सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेका बेला उनी रुपन्देही कारागार कार्यालयमा थुनामा छन्। यिनै कारण, पुस ८ गते संघीय संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेले उनको सांसद पद निलम्बन भएको जानकारी दिएका थिए।

सार्वजनिक जीवनमा नैतिकता र जवाफदेहिताको वकालत गर्दै आएको रास्वपाले सभापतिमाथि नै यस्तो गम्भीर मुद्दा चलिरहेका बेला कसरी प्रतिक्रिया जनाउने भन्ने कुराले अहिले पार्टीभित्र ठूलो परीक्षणको घडी खडा भएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन