विज्ञापन

दुई साता नबित्दै ओटीटीमा आउने भयो ‘पीआर’

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हलमा प्रदर्शनमा आएको दुई साता नबित्दै ओटीटीमा रिलिज हुने भएको छ ।

यो फिल्मलाई एमएसएम भिडियोले प्लाटफर्ममा ल्याउन लागेको हो । १० पुसदेखि प्रयोगकर्ताले सशुल्क उक्त प्लाटफर्ममा फिल्म हेर्न पाउने जनाइएको छ ।

निर्देशक बस्नेत र प्लाटफर्मका प्रतिनिधिबीच लिखित सम्झौता भएको छ । निर्देशक बस्नेतले हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा दिन लागिएको बताए ।

‘सबै ठाउँमा फिल्म हल छैन । कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’ निर्देशक बस्नेतले भने, ‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्ममा ल्याउन लागेका हौं ।’

नेपालबाट अस्ट्रेलिया पुगेका युवाले स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई फिल्मले पेश गर्छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरज पौडेल, विनिता कार्कीको शीर्ष भूमिका छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन