विज्ञापन

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्षविरुद्ध हुम्लामा काठ तस्करीको उजुरी https://resungakhabar.com/2026/05/47363/

विज्ञापन
Image
विज्ञापन

१३ जेठ, हुम्ला । बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित चारजना विरूद्व तस्करीको उजुरी दर्ता भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-३ लाम्पाटा च्याचउर वन क्षेत्रमा काठ र वन्यजन्तु तस्करी गरेको भन्दै हिमाली गाउँपालिका अध्यक्ष मल्लसहित चार जनाविरूद्व उजुरी दर्ता भएको हो ।

थला सामुदायिक वन क्षेत्रमा अध्यक्ष मल्लको योजनामा काठ तस्करी भएको दाबीसहित उजुरी दर्ता भएको छ । डिभिजन वन कार्यालय हुम्लाका अनुसार हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, वडानम्बर-३ का नरबहादुर गुरूङ, वडासदस्य पेमा गारा गुरूङ र हिमाल गुरूङविरुद्ध उजुरी परेको छ ।

थला सामुदायिक वनका अध्यक्ष देवराज रावललगायतका टोलीले चार जनाविरूद्व उजुरी दर्ता गराएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले जानकारी दिए ।

गोब्रे सल्लाका काठहरु काट्ने स्वचालित आरा २ थान, रूखका फल्याक ७०० थान, जंगलमा र राष्ट्रिय पंक्षी डाँफेको आधा शरीरको भाग, दुर्लभ जनावरको छाला पेमा गुरूङको घर फेला परेको उजुरीमा उल्लेख छ ।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार र वन ऐन २०७६ अनुसार कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता भएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख कुमाइले जानकारी दिए ।

उनका अनुसार अनुसन्धान अधिकारी तोकेर वन्यजन्तुको पहिचानको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको कार्यालय प्रमुख कुमाइले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन