१ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश एक गीत हटाउन माग गरेको छ ।
‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।
उक्त गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन् ।
उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले निर्माण पक्षलाई चेतावनी दिएको छ ।
उक्त गीतले निरन्तरता पाएमा असहज परिस्थिति उत्पन्न हुने र त्यसको जिम्मेवार निर्माता, सम्बन्धित कलाकार हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
















