विज्ञापन

रातको समयमा पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने ५ जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

पोखराको लेकसाइडमा रातको समयमा झैझगडा तथा कुटपिट गर्ने पाँच जना पक्राउ परेका छन् ।

मंगलबार राति करिब १२ः३० बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर १६ मा झैझगडा तथा कुटपिट भएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३० वर्षीय निरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ र २२ वर्षीय मनोज पुन छन् । त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–४ का २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन् ।

उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन