नेकपा एमालेको राष्ट्रिय भेला आज सकिँदै छ । भेलाको दोस्रो दिनको कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् ।
भेलामा समसामयिक प्रस्तावहरू पारित गर्ने कार्यक्रम रहेको छ । दिवा भोजनपछि भेलाको समापन हुनेछ ।
यसैबीच, एमालेको केन्द्रीय कमिटीको चौथो बैठक पनि आजै बस्ने भएको छ । दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

















