बिपी राजमार्ग सञ्चालन गर्न सरकारले माग्यो सेनासँग सहयोग

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माले बिपी राजमार्ग सञ्चालनका लागि नेपाली सेनासँग सहयोग मागेका छन् । राजमार्ग सञ्चालनका लागि नेपाली सेनाका प्रधान सेनापतिसँग छलफल राखिएको मन्त्री दाहालले संसदीय समितिमा जानकारी गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले बिपी राजमार्ग सञ्चालन गर्न नेपाली सेनासँग छलफल गर्न लागेको जानकारी गराएका थिए । उनले भने,‘बिपी राजमार्गमालाई के गरी सहज गराउन सकिन्छ त्यसबारे नेपाली सेनासँग हामीले छलफल राखेका छौँ ।’ समितिको बैठक सकिएपछि सेनासँग यसबारे छलफल छ भनेर छलफलपछि बैठक कक्षबाट बाहिरिएका थिए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *