६ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपती व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।
अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो ।
अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध शौर्यऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।
यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रिन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1