तेल अभिभ । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक यस वर्षको जुलाईमा इजरायलले नै हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा मारेको स्वीकार गरेका छन् ।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाएको कुरा पनि गरे । यस क्रममा उनले हमासका नेताबारे पनि बोलेका थिए ।

हानियाको मृत्यु
मारिएको बेला हानिया इरानको तेहरानस्थित एउटा भवनमा थिए । त्यसबेला नै हमास र इरानले हमलाको जिम्मेवार इजरायललाई ठहर्याएका थिए । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग गाजामा युद्धविराममा सहमतिको दिशामा केही प्रगति भएको बताएका छन् ।

तर, यो सम्झौता कहिले हुन्छ भन्ने बारे उनले कुनै समय सीमा भने दिएनन् । हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको तर केही महत्त्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका थिए ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0