विज्ञापन

महाराष्ट्रमा छोरी जन्माएको भन्दै पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

विज्ञापन
Image
विज्ञापन

भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन्। महाराष्ट्रको परभनी जिल्ला प्रहरीका अनुसार तेस्रो सन्तान पनि छोरी नै जन्माएको भन्दै उनले श्रीमतीलाई आगो लगाइदिएका हुन्।

द टाइम्स अफ इन्डियाका अनुसार घटना बिहीबार राति मुम्बईबाट ५२० किलोमिटर टाढा रहेको गंगाखेड नाकामा भएको प्रहरीले जनाएको छ।

आरोपित कुण्डलिक उत्तम कले (३२) ले तीन छोरी भएको भन्दै श्रीमती मैनासँग पटक पटक झगडा गर्ने गरेको मैनाकी बहिनीले दिएको उजुरीमा उल्लेख छ। यस्तै झगडाका क्रममा कलेले मैनामाथि पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले बताए।

मैना चिच्याउँदै घरबाहिर भागेपछि छिमेकीले आगो निभाउने प्रयास गरेका थिए। तर, गम्भीर अवस्थामा रहेकी मैनालाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। हत्याको आरोपमा गंगाखेड प्रहरीले श्रीमान् कलेलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन