विज्ञापन

नयाँ वर्ष मनाइरहेका मानिसहरूमाथि गाडी चलाएर १५ जनाको ज्यान लिने व्यक्ति को हुन्?

विज्ञापन
Image
विज्ञापन

अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा पिकअप ट्रक चलाइँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौं बढी घाइते भएका छन्।

उक्त घटनामा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरेका छन्। उनले संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको समेत जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

मानिसहरूको भीडमा हमला गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको बताएका छन्। उनीहरूका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद-दिन जब्बर हुन्। उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए।

पिकअप ट्रकबाट इस्लामिक स्टेटको झण्डा, हतियार र आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) बरामद गरिएको संघीय जाँच ब्यूरो एफबीआईले जनाएको छ।

-बीबीसी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन