विज्ञापन

रुसी तेल ट्याङ्कर बाल्टिक सागरमा फसेको जर्मनीको दाबी

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । जर्मनीका अधिकारीहरूले एक तेल ट्याङ्कर बाल्टिक सागरस्थित जर्मन पानीमा फसेको बताएका छन्। जर्मनीले यो ट्याङ्कर रुसको ‘स्याडो फ्लीट’ को हिस्सा भएको दाबी गरेको हो । ‘स्याडो फ्लीट’ लाई प्रतिबन्धबाट बच्न प्रयोग गरिने जर्मनीले बताएको छ। यो कथित रूपमा रुसी जहाजहरूको समूह हो, जसको माध्यमबाट रुसले तेलको व्यापार गर्दछ।

जर्मनीको सामुद्रिक अधिकारीहरू (सीसीएमई) ले शुक्रबार पनामाको झण्डा भएको जहाजले पावर र स्टेरिङ क्षमता गुमाएको थियो। यसपछि जहाजको सुरक्षाका लागि टगबोटहरू तैनाथ गरिएको थियो। जर्मनीकी विदेशमन्त्री एन्नालिना बेरबकले यसका लागि रुसलाई दोष दिएकी छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रतिबन्धहरू बेवास्ता गरेर खिया लागेका ट्याङ्करहरू प्रयोग गरेर युरोपेली सुरक्षालाई खतरामा पारेको आरोप लगाइन् ।

आफ्नो पहिलो रिपोर्टमा, सीसीएमईले जहाज २७४ मिटर (८९८ फिट) लामो र ४८ मिटर (१५७ फिट) चौडा रहेको र करिब ९९,००० टन तेल बोकेको बताएको थियो। सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका, बेलायत र युरोपेली संघले रुसको तेल उद्योगमाथि कडा प्रतिबन्ध लगाएका छन् । रुसले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

@एजेन्सी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन