बलिउड अभिनेता सैफ अलि खानलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, सैफ अलि खानमाथि चक्कु आक्रमण भएको पाँच दिनपछि उनलाई मुम्बई स्थित लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार अभिनेता करीना कपूर आफ्नो श्रीमान् सैफलाई लिन अस्पताल पुगेकी थिइन्।

सैफ अलि खानको बांद्रामा रहेको घरमा एक व्यक्तिले अनधिकृत रुपमा प्रवेश गरी, उनलाई चक्कुले बारम्बार आक्रमण गरेको थिए। यस आक्रमणमा सैफ अलि खान गम्भीर घाइते भएका थिए।

यस हमलामा सैफ अलि खानको शरीरमा छ स्थानमा चोट लागेको थियो। चिकित्सकका अनुसार उनको रीढबाट चक्कुको ढाई इन्च लामो टुक्रा बाहिर निकालिएको थियो।

पछि मुम्बई प्रहरीले ठाणेबाट एक व्यक्तिलाई पक्राउ गर्‍यो। मुम्बई जोन-९ का प्रहरी उपायुक्त दीक्षित गेडामले उनकको बारेमा जानकारी दिँदै भने, “लगभग ३० वर्षको मोहम्मद शरीफुल इस्लाम शहजाद नामक व्यक्ति सैफको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका थिए।”

पुलिसले अभियुक्तलाई ठाणे स्थित हीरामंडी लेबर क्याम्पबाट पक्राउ गरेको हो। प्रारम्भमा पुलिसले उक्त अभियुक्त पश्चिम बंगालको निवासी भएको बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0