विज्ञापन

गणतन्त्र संवादका लागि जनआन्दोलन २ का नेता तथा नागरिक अगुवा पाटनमा भेला हुँदै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । गणतन्त्र दिवसकै अवसरमा बढ्दो राजतन्त्र पुनर्स्थापनाको माग र आन्दोलनलाई मध्यनजर गर्दै जनआन्दोलन २ का नेता तथा नागरिक अगुवाहरूले १७ जेठमा पाटनमा ‘गणतन्त्र संवाद’ कार्यक्रम आयोजना गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रम र राजतन्त्र पुनर्स्थापनाको मागलाई लिएर हुने उक्त संवादमा गगन थापा, योगेश भट्टराई, घनश्याम भुसाल, रामकुमारी झाँक्री, अनिल झा, राम कार्की लगायतका नेताहरू सहभागी हुनेछन्। वरिष्ठ अधिवक्ता र नागरिक अगुवा टीकाराम भट्टराईका अनुसार, यो संवादमा नीलाम्बर आचार्य, विष्णु निष्ठुरी लगायत तत्कालीन गणतन्त्र आन्दोलनमा सक्रिय रहेकाहरू पनि सहभागी भएर गणतन्त्रको कार्यान्वयनमा भएका कमजोरीहरू, चुनौतीहरू र गणतन्त्रलाई जीवन्त र जनमुखी बनाउनुपर्ने विषयमा खुला बहस हुने छ। यस संवादको मुख्य उद्देश्य गणतन्त्र प्रणालीको पक्षमा जनचेतना फैलाउनु र नेताहरूलाई जवाफदेही तथा आत्मचिन्तनमा लगाउनु रहेको छ। यसमा नागरिक अगुवा सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले पनि भाग लिने बताइएको छ। पाटन हाइस्कुल पाटनढोकामा दिउँसो २ बजे शुरु हुने कार्यक्रममा राजनीतिक कार्यकर्ता, पेशाकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेत सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रमको शीर्षक ‘गणतन्त्र नै सही बाटो’ राखिएको छ र यसले नेपाली राजनीतिक परिवेशमा गणतन्त्रलाई निरन्तरता दिनुपर्ने महत्वलाई जोड दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन