विज्ञापन

नदीजन्य वस्तु विदेशमा बेच्ने वातावरण बन्दैछ : अर्थमन्त्री पौडेल

विज्ञापन
Image
विज्ञापन

२१ जेठ, काठमाडौं — अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य र नदीजन्य वस्तुहरू उत्खनन गरेर न केवल स्वदेशमै प्रयोग गर्ने, विदेशमा समेत निर्यात गर्ने वातावरण निर्माण गर्न सरकारले पहल थालेको बताएका छन्। पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निर्माण सामग्रीको अभावले आयोजना कार्यान्वयनमा आउन सक्ने अवरोध हटाउने लक्ष्यसहित बजेट ल्याइएको बताए। उनका अनुसार यस्ता सामग्रीको उपयोगलाई व्यवस्थित गर्दै निर्यातसम्म पु¥याउने तयारी छ र सरकार अब त्यसबाट पछि हट्नेवाला छैन। उनले बजेटमा यथार्थपरकता, अनुशासन र दीर्घकालीन सोच समावेश गरिएको दाबी गर्दै तीन करोडभन्दा कमका साना आयोजना अब बजेटमा नसमेटिने जानकारी दिए। साथसाथै, खुद्रे आयोजनालाई कटौती गरी स्रोतको दुरुपयोग रोक्नेतर्फ सरकार अग्रसर रहेको स्पष्ट गरे। उनले वैकल्पिक वित्त कोषको व्यवस्थामार्फत स्वदेश तथा विदेशी लगानी परिचालन गरी पूर्वाधार निर्माण अघि बढाइने बताए। यद्यपि, नदीजन्य वस्तु निर्यातसम्बन्धी बजेटीय प्रावधान सर्वोच्च अदालतमा चुनौती दिइसकिएको छ, जहाँ प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। त्यसबारे उनले प्रत्यक्ष टिप्पणी नगरे पनि संविधान र ऐनअनुसार अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। सार्वजनिक खरिद ऐनलाई संशोधन गर्दै निर्माण क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधान गर्ने तयारी रहेको पनि उनले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन