विज्ञापन

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किए अध्यक्षकै सहमतिमा हुने : रघुवीर महासेठ

विज्ञापन
Image
विज्ञापन

२२ असार, काठमाडौं – नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनप्रति पार्टीमा कुनै किसिमको असहमति नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार भण्डारीले सक्रिय राजनीतिमा फर्किने निर्णय गरे पनि त्यो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमति र प्रस्तावमै हुने छ।

जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै महासेठले पछिल्लो समय मिडियामा आएको ‘ओली–भण्डारीबीच विवाद’ भन्ने खबरलाई पूर्णतः अफवाह भएको बताए। “पार्टीभित्र अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै मतभेद छैन,” उनले भने, “सञ्चारमाध्यममा देखिएको जस्तो कार्यकर्ताहरूबीच कित्ताकाट भइरहेको भन्ने पनि सत्य होइन।”

महासेठका अनुसार विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने इच्छा व्यक्त गरेकी छिन्, तर त्यो कसरी र कुन भूमिकाबाट भन्नेबारे हालसम्म औपचारिक निर्णय लिइएको छैन। तर, संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा सहभागी हुन निषेध नगरेको हुँदा भण्डारीलाई पनि त्यो अधिकार रहेको उनले उल्लेख गरे।

“यदि उहाँ फर्किन चाहनुहुन्छ भने हामी कसरी रोक्न सक्छौं?” महासेठले प्रश्न गरे, “संविधानले अनुमति दिएको कुरा हो, त्यसैले पार्टीले पनि उहाँको राजनीतिक सहभागिता स्वीकार्न सक्छ।”

पार्टी सचिवालयमा समेत भण्डारीको सम्भावित भूमिकाबारे छलफल भइसकेको जनाउँदै महासेठले केही नेता र समूहहरूले अनावश्यक रूपमा उनलाई विवादमा तान्ने प्रयास गरेकोप्रति आपत्ति जनाए। “पार्टीभित्र एक–दुई जना साथीहरूले विद्या भण्डारीको नाम जोडेर विवाद सिर्जना गरिरहनुभएको छ, जुन ठीक होइन,” उनले भने।

उनका अनुसार भण्डारीले आफ्नो पार्टी सदस्यता पनि नवीकरण गरिसकेकी छन् तर त्यो कुनै गुट वा विपक्ष निर्माण गर्नका लागि होइन। “उहाँले पार्टीभित्र अन्तरविरोध निम्त्याउने कुनै काम गर्नु भएको छैन,” महासेठले जोड दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन