विज्ञापन

गभर्नर पौडेलको भनाइ : “५ खर्ब २० अर्ब थन्किएको छ, लगानीको राम्रो अवसर आएको छ”

विज्ञापन
Image
विज्ञापन

२२ असार, काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हाल देशमा लगानीका लागि पर्याप्त स्रोतहरू उपलब्ध रहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–मोनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै उनले ५ खर्ब २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थन्किएको भन्दै त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार बैंकमा निक्षेपको मात्रा उच्च छ र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले अब लगानीलाई अघि बढाउने समय आएको हो। “लगानी योग्य पूँजी थुप्रिएको छ, अब त्यो रकमलाई ऊर्जाजस्ता सम्भावनायुक्त क्षेत्रमा परिचालन गर्न नीति निर्माणकर्ताहरूले ध्यान दिनुपर्छ,” गभर्नर पौडेलले भने।

उनले मौद्रिक नीति र वित्तीय नीतिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, अबको नीति ग्रामीण क्षेत्रसम्म ऋणको पहुँच पुर्‍याउने खालको हुनुपर्ने बताए। “हामीले चाहेका क्षेत्रमा ऋण पुगेको छैन भन्ने गुनासो छ, आगामी मौद्रिक नीतिले यसलाई सम्बोधन गर्नेछ,” उनले स्पष्ट पारे।

गभर्नर पौडेलले दिगो र समावेशी विकासलाई राष्ट्र बैंकले सदैव प्राथमिकतामा राख्ने भन्दै अबको मौद्रिक नीति सबै क्षेत्रको समावेशी विकासमा केन्द्रीत हुने बताए। नियमनको सन्दर्भमा अब माइक्रो इकोनोमिक दृष्टिकोण आवश्यक भएको समेत उनले औंल्याए।

Ask ChatGPT

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन