विज्ञापन

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

विज्ञापन
Image
विज्ञापन

७ जेठ, डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरी अनुसार चौधरी फोक्सुण्डो गाउँपालिकाको नाममा रहेको बा१ग ३६३६ नम्बरको स्काभेटर मर्मतका लागि जगदम्बा इन्जिनियर कम्पनी ललितपुरबाट मुस्ताङ हुँदै जेठ ३ गते साल्दाङ पुगेका थिए ।

जेठ ४ गते बिहान करिब ११:३० बजे अचानक उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि साल्दाङ स्वास्थ्य चौकीमा लगिएको थियो ।

स्थानीय स्वास्थ्य चौकीमा समेत औषधि उपचार हुन नसकेपछि गाउँपालिका अध्यक्ष धावा सुम्दुक गुरुङको समन्वयमा थप उपचारको लागि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश हस्पिटल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन