विज्ञापन

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै https://resungakhabar.com/2026/06/47723/

विज्ञापन
Image
विज्ञापन

२ असार, काठमाडौं । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवरमा पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने भएको छ ।

समाजले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । उहाँले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देश बनाउने समाजका अध्यक्ष राजन शर्माले बताए । यसका साथै प्राचीन योग, तपस्था, ध्यान तथा आध्यात्मिक सभ्यतालाई विश्वमाझ चिनाउनु समेत उद्देश्य रहेको उनको भनाइ छ ।

शर्माका अनुसार योग दिवस मनाउन यही असार ३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योग दिवसका दिन असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक रुपमा योग र ध्यान कार्यक्रम आयोजना गरिनेछ ।

‘भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सबै नेपालीका लागि खुसीको विषय हो’ उनले भने, ‘कैलाश–मानसरोवरको पावन उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटातर्फ लैजाने पवित्र साधन बन्छ भन्ने हाम्रो विश्वास छ ।’

कार्यक्रममा नेपाल, भारतसहित विश्वभरका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता, आध्यात्मिक अभियानकर्मी लगायत 100 जनाभन्दा बढीको सहभागिता हुने उनको भनाइ छ ।

समाजका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र छन् ।

कैलाश मानसरोवरमा हुने यस अन्तर्राष्ट्रिय योग यात्रा तथा साधनाबाट नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्ने अपेक्षासमेत लिइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन