१८ असार, काठमाडौं । मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल हुन् । उनी कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लागइदिएर बाहिर बसेका हुन् ।
कर्मचारीहरूका बीचमा विभेद भएको भन्दै करार कर्मचारी समेत असन्तुष्ट रहेका छन् ।
गत माघदेखी महंगी भत्ता नपाएको कर्मचारीहरूले बताएका छन् ।
काउन्सिलमा २२ जना स्थायी कर्मचारी रहेका छन् । उनीहरुले सूचना तथा प्रसारण विभागका महानिर्देशकविरुद्ध पनि आन्दोलन गरेको बताएका छन् ।
आर्थिक अधिकार, सूचना तथा प्रसारण बिभागका महानिर्देशकलाई हुने भएका कारण उनीहरूले यसमा जोडेका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्















