विज्ञापन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस १४५ डलरभन्दा बढीले घट्यो

विज्ञापन
Image
विज्ञापन

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारको तथ्यांक अद्यावधिक गर्ने ‘गोल्डप्राइस डट ओआरजी’का अनुसार बिहीबार न्युयोर्क समय अनुसार साँझ ७:५५ बजेसम्ममा सुनको मूल्य एकैदिन १४५ डलरभन्दा बढीले ओरालो लागेको हो।

सार्वजनिक तथ्यांक अनुसार, अघिल्लो दिन अर्थात् नोभेम्बर १८ मा प्रतिऔंस ३,७३८.०१ अमेरिकी डलरमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतिऔंस १४५.५५ अमेरिकी डलर (अर्थात् ३.८९ प्रतिशत) ले घटेर ३,५९२.४६ अमेरिकी डलरमा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा भारी गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य प्रतिऔंस २.७३ अमेरिकी डलर (अर्थात् ६.०४ प्रतिशत) ले घटेर ४२.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पछिल्लो ३० दिनको तथ्यांकलाई हेर्दा सुनको मूल्य ९.५५ प्रतिशत (३९४.४९ डलर) र चाँदीको मूल्य २१.५५ प्रतिशत (१२.४१ डलर) ले ओरालो लागेको देखिन्छ। त्यस्तै, ६ महिनाको अवधिमा सुन १७.५३ प्रतिशत र चाँदी ४०.३९ प्रतिशतले घटेको छ। यद्यपि, ५ वर्ष र २० वर्षको दीर्घकालीन अवधिमा भने दुवै धातुको मूल्य उच्च दरमा वृद्धि भएको तथ्यांकले देखाउँछ।

अन्तर्राष्ट्रिय बजारमा आएको यो भारी गिरावटका कारण नेपाली स्थानीय बजारमा पनि आज (शुक्रबार) सुनचाँदीको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन