<strong>१६ भदौ, काठमाडौं ।</strong> नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले आफू नबनेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर त्याग गर्न देउवालाई आग्रह गरेका थिए । शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’

शर्माले प्रधानमन्त्री कांग्रेसमा एकसे एक अग्रज नेताहरु भएकाले उनीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए ।

अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाबारे शर्माले भनेका थिए, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0