विज्ञापन

राष्ट्रपतीय बहसमा ट्रम्पले भने, ‘यदि ह्यारिस आइन् भने इजरायलको अस्तित्व दुई वर्षभित्र समाप्त हुनेछ’

विज्ञापन
विज्ञापन

न्युयोर्क । कमला ह्यारिसले ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ मा इजरायल-गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्‍याएकी छन्। उनले भनिन्, ‘इजरायलको आफ्नै सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।’

ह्यारिसले थपिन्, ‘यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।’ उनले युद्धविराम र दुई-राष्ट्रिय समाधानको बारेमा पनि कुरा गरिन्

यता प्रत्याशी डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए यो द्वन्द्व सुरु नै हुने थिएन भन्ने दाबी गरे । ट्रम्पले भने, ‘ह्यारिस इजरायललाई घृणा गर्छिन्। यदि ह्यारिस राष्ट्रपति बनिन् भने इजरायल दुई वर्षमा अस्तित्वमा रहनेछैन।’

उनले भने, ‘म यो समस्या छिट्टै समाधान गर्छु ।’ ट्रम्पले आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने पनि बताए ।

ह्यारिसले बारम्बार इजरायलको सुरक्षालाई समर्थन गर्ने दाबी गरिन् र ट्रम्पको दाबीलाई अस्वीकार गरिन् । उनले भनिन्, ‘ट्रम्प सत्यलाई विचलित र विभाजित गर्न चाहन्छन्।’

उनले भनिन्, ‘सबैलाई थाहा छ कि उनी तानाशाह मन पराउँछन् र उनी पहिलो दिनदेखि नै तानाशाह बन्न चाहन्छन्।’

@एजेन्सी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन