बेरुत । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सोमबारयता ५५८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा हजारौँ मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सङ्ख्यामा मृत्युको पुष्टि गरेको हो ।

सन् १९९० मा गृहयुद्ध सकिएयता लेबनानमा छोटो समयमा मृत्यु भएका यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । मृत्यु हुनेमा ५० जना बालबालिका समेत रहेका छन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0