बैंकक । थाइल्यान्डमा समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक औपचारिक रूपमा कानुन बनेको छ । मंगलबार त्यहाँका राजा महा भजिरालोङकोर्नले विधेयकलाई कानुनका रूपमा हस्ताक्षर गरेका छन् । यो कानुनलाई शाही राजपत्रमा सार्वजनिक गरिएको छ ।

कानुन १२० दिनमा कार्यान्वयनमा आउनेछ । यसको अर्थ एलजीबीटीक्यू प्लसका जोडीले आगामी वर्षको जनवरीदेखि आफ्नो बिहे दर्ता गर्न सक्नेछन् ।

समलिङ्गी बिहेलाई मान्यता दिने थाइल्यान्ड ताइवान र नेपालपछि तेस्रो एसियाली देश बनेको छ । कानुनले हरेक लिङ्गका जोडीलाई पूरा कानुनी, वित्तीय र मेडिकल अधिकार दिनेछ ।

यो विधेयकलाई अप्रिल र जुनमा संसद्को दुवै सदनले पारित गरेका थिए । ‘हरेकको मायाप्रेमलाई बधाई छ’ प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा लेखेकी थिइन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0