विज्ञापन

भिजिट भिसा प्रकरण : छानबिनको तयारी भए गृहमन्त्रीलाई सदनमा बोल्न विपक्षी सहमत

विज्ञापन
Image
विज्ञापन

२० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकार तयार भए मात्र गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिने विपक्षी दलहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।

सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्ता–प्रतिपक्ष प्रमुख सचेतकहरूको छलफलमा सत्तापक्षले गृहमन्त्रीलाई सदनमा बोल्न दिन आग्रह गरेको थियो। जवाफमा विपक्षीले २०६४ साल यता गृहमन्त्री र श्रममन्त्री भएका सबै व्यक्तिको भूमिकासमेत छानबिन गर्न तयार भए मात्र गृहमन्त्रीलाई बोल्न दिने स्पष्ट पारेका छन्।

यससँगै भिजिट भिसा दुरुपयोग र विदेश पठाउने प्रकरणबारे संसदीय छलफलको बाटो खुल्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन