विज्ञापन

प्रतिनिधिसभा बैठक ढिलाइको कारण विपक्षीको बैठक

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ हुनुको कारण प्रमुख विपक्षी दलहरूको बैठक नसकिनु हो। दिउँसो १ बजेका लागि तोकिएको बैठक विपक्षीको अन्तर्कलह जारी भएकाले समयमै सुरु हुन सकेको छैन।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार विपक्षी दल, विशेषतः नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि निर्णय ल्याउने बताएका छन्। सभामुखले सो निर्णयको प्रतीक्षा गरिरहेका छन्।

विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै जेठ १३ देखि सदन अवरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन