विज्ञापन

रौतहटमा आज दिनभर निषेधाज्ञा, रातभर कर्फ्यु

विज्ञापन
Image
विज्ञापन

२७ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेको जानकारी दिएका हुन् ।
अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ ।

निषेधाज्ञा र कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ । v

साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन