विज्ञापन

नारायणगढ-मुग्लिन सडकमा दुई दिनदेखि यात्रुहरु अलपत्र, विहानैदेखि पहिरो हटाउने काम सुरु

विज्ञापन
Image
विज्ञापन

चितवन । मुग्लिन नारायणगढ सडकखण्ड सूरचारु गर्नका लागि आज पनि पहिरो हटाउने काम जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो खस्ने क्रम नरोकिएकोले शनिबार पहिरो हटाउने कार्य रोकेको थियो । कार्यालयले आज (आइतबार) बिहान ४ बजेदेखिनै पहिरो हटाउन काम शुरु गरेको जनाएको छ ।

कार्यालयले पहिरो खस्ने जोखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा(पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव नभएको बताउँदै शनिबार पहिरो हटाउने काम स्थगित गरेको थियो ।

मुग्लिन नारायणगढ सडक खण्ड शुक्रबार साँझ ६ः३० बजेदेखि तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दसैँका लागि काठमाडौंबाट बाहिरिएका हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन