विज्ञापन

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त, आयोगले निकाल्यो सूचना

विज्ञापन
Image
विज्ञापन

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले पार्टी त्याग गरेको भन्दै उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित जानकारी प्राप्त भएको थियो ।

सोही आधारमा आयोगले मंसिर २ गते पद रिक्त भएको निर्णय गरेको हो । आयोगले बिहीबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ ।

पद रिक्त हुनेमा सिराहाका ३, पर्साका २, खोटाङका ८, भोजपुरका १, उदयपुरका १, इलामका २ र सुनसरीका १ जना जनप्रतिनिधि छन् ।

उनीहरूमध्ये एक जना जिल्ला समन्वय समिति प्रमुख, एक जना पालिका उपप्रमुख, एक जना गाउँपालिका उपाध्यक्ष, एक जना नगरकार्यपालिका सदस्य र बाँकी वडा अध्यक्ष तथा वडा सदस्य रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन