११ पुस, काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा भीम रावलले अपिल गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0