विज्ञापन

आन्दोलन नछाडेसम्म राजावादी नेताहरूलाई पीएसओ नदिने सरकारको निर्णय

विज्ञापन
Image
विज्ञापन

२१ जेठ, काठमाडौं — राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा रहेका राजावादी नेताहरूले आफ्नो आन्दोलन नछाडेसम्म व्यक्तिगत सुरक्षार्थ (पीएसओ) पाउने छैनन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राप्रपाका नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्री लेखकले आन्दोलनका क्रममा सुरक्षा आवश्यकता अन्यत्र बढी भएकाले अंगरक्षक फिर्ता गरिएको बताए।

उनले स्पष्ट पारे, “घटनाहरूको जोखिमका कारण ती सुरक्षाकर्मीलाई अन्य सुरक्षाका लागि खटाइएको हो। यदि यस्ता गतिविधि रोकिए भने सुरक्षाकर्मी पुनः खटाइनेछन्।”

केही दिनअघि राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरिएको थियो। तर आन्दोलन नरोकेसम्म पुनः पीएसओ नपाउने सरकारले स्पष्ट पारेको छ।

गृहमन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्कन नहुने चेतावनी पनि दिएका छन्। “संविधानका आधारभूत व्यवस्था उल्ट्याउने प्रयास निरर्थक छन्, त्यसमा कोही पनि नलागून,” भन्दै उनले आन्दोलनकर्ताहरूलाई संविधान विरोधी गतिविधिबाट टाढा रहन आग्रह गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन