विज्ञापन

संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । संसदको अवरोध हटाउने वा जारी राख्ने विषयमा विपक्षी दलहरूको बैठक संसद भवन, नयाँ बानेश्वरमा जारी रहेको छ। गृहमन्त्री रमेश लेखक भिजिट भिसाका व्यक्तिलाई नागरिकता दिलाउन संलग्न भएको आरोपसँगै उनी नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने माग राख्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्।

तर पछिल्लो चरणमा उनीहरूको अडान केही लचिलो हुँदै गएको छ। बिहीबार बसेको बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र त्यसबारे सदनबाट स्पष्ट प्रतिबद्धता जनाइनुपर्ने अडान राखेका थिए।

तर उनीहरूको मागबारे सरकारले अझै सकारात्मक संकेत नदेखाएको विपक्षी नेताहरूको आरोप छ। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार, सरकार तयार नभएसम्म संसद् अवरोध जारी रहनेछ। यसबीचमा संसद् सुचारु गराउने प्रयासहरू असफल भइरहेका छन् र यसले संसदीय प्रक्रिया नै ठप्प पारेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन