विज्ञापन

भिजिट भिसा प्रकरणमा छलफलका लागि प्रचण्डद्वारा विपक्षी दलहरूको बैठक आह्वान

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ — भिजिट भिसा प्रकरणका कारण संसद्को बजेट अधिवेशन प्रभावित भइरहेका बेला प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक मध्यान्ह १२ बजे बस्ने जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले दिएका छन्।

गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा सेटिङ प्रकरणलाई लिएर विपक्षीहरू लामो समयदेखि विरोधमा उत्रिरहेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन्। सत्ता पक्षले भने उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन गरेर अनुसन्धान अघि बढाउने प्रस्ताव गरेको छ। तर विपक्षी दलहरू अझै पनि अडानमै रहेको स्पष्ट पारिएको छ।

सचेतक परियारका अनुसार, “भिजिट भिसा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। हाम्रो माग यथावत् छ, हामी कुनै लचिलोपन देखाउने पक्षमा छैनौँ।”

भिजिट भिसा प्रकरणको प्रत्यक्ष असर संसदमा देखिएको छ। जेठ १३ गतेदेखि संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ। यसबीच, प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने गृहमन्त्रीलाई आफ्नो धारणा राख्न दिने पक्षमा देखिएका छन्, जसले सत्ता–विपक्षबीच सम्भावित सहमतिको सम्भावना पनि देखाएको छ।

प्रचण्डद्वारा बोलाइएको बैठकले संसद् सञ्चालन पुनः सहज बनाउन कुन निर्णय लिन्छ भन्नेमा चासो बढेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन