विज्ञापन

ट्राफिक प्रहरीले भन्यो – गणेश नेपालीलाई जरिवाना गरिएको छैन

विज्ञापन
Image
विज्ञापन

२६ असार, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ ।

ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण उनले आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै कार्यालयले त्यसको खण्डनसमेत गरेको छ ।

समाचार आएपछि छानबिन गर्दा कुने पनि प्रकारको जरिवाना नेपालीलाई नतिराइएको र यो घटनामा कुनै सम्बन्ध नरहेको सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए ।

साथै उनले अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

नेपाली त्रिपुरेश्वरमा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन