उपभोक्ताको गुनासोपछि तरकारी बजारमा अनुगमन बढाइँदै

१६ असोज, काठमाडौं । बाढी र पहिरोका कारण आपूर्ति कम भएसँगै बजारमा तरकारीको अत्यधिक मूल्य वृद्धिपछि सरकारले अनुगमन बढाउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट तरकारी बजारमा अनुगमन बढाउन लागेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक राजन पौडेलका अनुसार खरिद मूल्यको तुलनामा अधिक मुनाफा राखेर बिक्री भइरहेको गुनासोपछि अब तरकारी बजार र पसलहरुमा अनुगमन बढाउन थालिएको हो।

कालीमाटी सहितका थोक बजारमै तरकारीको मूल्य बढेपछि खुद्रा पसलमा भाउ आकासिएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार पछिल्लो दुई दिनयता भने मूल्य केही थामिएको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *