राजनीति

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राजनीति
१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ । महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेका छन् ।...
बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

राजनीति
३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताएका छन् । चितवनमा पत्रकारहरुले ओलीले बजेटप्रति राखेको धारणाबारे प्रधामन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’मात्रै गरेको प्रतिक्रिया दिए । ‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन’, उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।...
बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

आर्थिक / ब्यापार, राजनीति, समाचार
२९ जेठ, काठमाडौं । बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ । मंगलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका त...
गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

राजनीति, समाचार
२९ जेठ, काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । मनाङका स्वतन्त्र सांसद मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।...
संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित

संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित

राजनीति
२४ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्‍यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे । सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए । मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अ...
गृहमन्त्री लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

राजनीति, समाज
काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सोउपर छानबिन गर्न चुनौती दिएका हुन् । 'म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,' महामन्त्री शर्माले भने । महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापतिसमेत रहेका गृहमन्त्रीले लामिछानेल...
काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

राजनीति, स्थानिय तह / प्रदेश
काठमाडौँ — काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ । बिहीबार प्रतनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिएका हुन् । ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर आफैँ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठीक ...
मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रधानमन्त्री दाहाल

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रधानमन्त्री दाहाल

अन्तर्राष्ट्रिय, राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् । शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए । भारतको कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहेका मोदीले प्रधानमन्त्री दाहालसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो पठाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अ...
सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

राजनीति, समाचार
काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलेका भूमिका र दिएका अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले ओली र लामिछानेले कांग्रेस लक्षित गरी गरेका टिप्पणी र सभामुख घिमिरे विश्वासको मत लिने बेला खेलेको भूमिकाबारे प्रश्न उठाएका हुन् । एमाले अध्यक्ष ओलीले दिएको गिरीबन्धु जग्गामा कांग्रेसले कमिसन खाएको र अलोकतान्त्रिक दल भनेको विषयमा शर्माले जवाफ दिए । ओलीले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको अभिव्यक्ति दिएका थिए । त्यसबारे शर्माले भने,'यस अवधिमा गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक भयो । कांग्रेसले केही कुनै टिप्पणी गरेका थिएनौं । हामी कसैले भनेका थिएनौं- पूर्व प्रधानम...
बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

राजनीति, समाचार
१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ । २२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकको एजेन्डा राख्नु अगाडि नै आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए । ‘जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु लिएर गयो ? यो कुन आधारमा लगिएको हो ? एउटा सेवाग्राहीले आफ्नै फाइनल लिन त निवेदन हाल्नुपर्छ तर यो कुन शैली हो ?,’ वडाध्यक्ष महर्जनले प्रश्न गरे, ‘यो कसले लग्यो ? कसको फाइल लग्यो ? कसको आदेशमा भएको हो ?’ उनले यो २२ नम्बर वडामा मात्रै भएको हो कि अन्य वडामा पनि भएको हो भन्ने प्रश्न गरे । ‘अध्ययन गर्न मन छ भने खाजा खुवाएर, चकटी ओच्छ्याएर फाइल अध्ययन गराउँछौं । तर, तरकारी जसरी फाइल कोचेर लगेको यो कुन आशय हो ? त्यसको जवाफ चाहिन्छ,’ महर्जनले भने । जवाफमा ...