स्वास्थ्य

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

समाचार, स्वास्थ्य
शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ । जसको छिटो पहिचान भई उपचार गर्दा निको हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । अन्तर्राष्ट्रिय जर्नल स्लिप फाउन्डेसनका अनुसार लगभग ४० प्रतिशतमा हाइपरसोम्नियाको लक्षण देखिन्छ । यसो भन्दैमा दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न मिल्दैन । दिनचर्यामा कुनै परिवर्तनका कारण कहिलेकाहीं निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्याधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्नियाको शंका गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । कारण हाइपरसोम्निया हुने एक मात्र कारण ...
पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

समाज / जिवनशैली, स्वास्थ्य
भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी मारेर बसेर ? आयुर्वेदका अनुसार भुईंमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ । यसरी पलेंटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ । यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ । किन राम्रो पलेंटी कसेर बसेर खानु ? मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ । तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेंटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको ...
रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

समाज / जिवनशैली, स्वास्थ्य
२८ वैशाख, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । ‘मृतकको र घाइतेहरूको सनाखत भएको छैन,’ डिएसपी पोखरेलले भने ।...
५ लक्षण, जुन युरिक एसिड बढी हुँदा पिसाबमा देखिन्छन्

५ लक्षण, जुन युरिक एसिड बढी हुँदा पिसाबमा देखिन्छन्

स्वास्थ्य
गलत खानपान र खराब जीवनशैलीका कारण हिजोआज धेरैलाई युरिक एसिडको समस्याले सताउने गरेको छ । युरिक एसिड शरीरमा उत्पादन हुने एक प्रकारको फोहोर पदार्थ हो, जुन प्युरिन नामक रसायनको विघटनबाट बनेको हुन्छ । सामान्यतया, मिर्गौलाले यसलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ । तर मिर्गौलाले राम्रोसँग काम नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसकारण यो जोर्नी वरिपरि क्रिस्टलको रुपमा जम्मा हुन थाल्छ । शरीरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी दुख्ने, सुन्निने जस्ता समस्या हुन्छ । सही समयमा उपचार गरिएन भने यसले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ । जब युरिक एसिडको स्तर बढ्छ, शरीरमा धेरै लक्षण देखा पर्छन् । साथै, पिसाबमा पनि यसका केही लक्षण देख्न सकिन्छ । पिसाब गर्दा पोलेको अनुभूति शरीरमा युरिक एसिडको मात्रा बढेमा पिसाब गर्दा पोल्ने हुने समस्या हुनसक्छ । यसबाहेक, पिसाब गर्दा दुखाइ ...
छातीमा पानी किन जम्छ, के छ उपचार ?

छातीमा पानी किन जम्छ, के छ उपचार ?

समाचार, समाज, स्वास्थ्य
छातीभित्र फोक्सोको आसपास पानी जम्मा हुनुलाई मेडिकल भाषामा ‘प्लुरल इफ्युजन’ भनिन्छ । फोक्सो र छातीबीचमा फोक्सोलाई ढाक्ने झिल्लीलाई ‘प्लुरा’ भनिन्छ । त्यसमा सामान्यतया पाँचदेखि १० एमएल पानी हुन्छ । तर विभिन्न रोगको कारण त्यहाँ पानीको मात्रा बढ्न सक्छ, जसले छातीमा पानी जम्मा हुन्छ । फोक्सोमा पानी भरिनुको कारण के हो भन्ने जान्न जरुरी हुन्छ । विज्ञहरूका अनुसार मुटुरोगका कारण फोक्सोमा पानी भरिन्छ । यसबाहेक फोक्सोमा पानी भरिने समस्याका अन्य धेरै कारण छन् । छातीमा पानी जम्ने तीन कारण -शरीरको कुनै अंगले राम्रोसँग काम गर्न नसक्दा फोक्सोमा पानी वा तरल पदार्थ जम्मा हुनसक्छ । मुटु, मिर्गौला वा कलेजो फेल हुनु यसको मुख्य कारण हुनसक्छ । लिभर सिरोसिस भएमा पनि फोक्सोमा पानी जम्मा हुनसक्छ । -प्लुराको संक्रमण भयो भने पनि छातीमा पानी जम्छ । प्लुरामा धेरै मात्रामा देखा पर्ने संक्रमण भनेको क्षयरोग ...
धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

समाचार, समाज, स्वास्थ्य
हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ । यसले कार्डियोमास्कुलर प्रणालीलाई असर गर्छ र रगत जम्ने जोखिम हुन्छ । रक्तप्रवाहमा पुग्ने अवरोधका कारण उच्च रक्तचाप र हृदयघातको खतरा बढेर जान्छ । अध्ययनकर्ताका धुम्रपान गर्ने मानिसमा रगतको नली साँघुरो भएर रगतको प्रवाह कम हुन्छ, जसकारण कहिलेकाहीं मस्तिष्कमा रगतको आपूर्ति सहज रूपमा हुन सक्दैन । र, यसले गर्दा स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यसैअनुसार ५० वर्षमुनिका मानिसले दिनमा २० वटाभन्दा बढी चुरोट पिएमा मस्तिष्कघातको जोखिम दुई गुणाले बढ्ने अध्ययनले बताएको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ)को तथ्यांकअनुसार धुम्रपानले स्ट्रोकको जोखिम निश्चित रूपमा बढाउने बताइएको छ । चुरोटमा ...
धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली, स्वास्थ्य
इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको यथार्थ पनि हामी माझ छ । यसको सुरुवात चुरोट छुटाउने माध्यम वा सुर्तीको लतको समाधानको रुपमा भएको देखिन्छ । हाल आएर भने प्रयोगकर्ताहरुले यसलाई मनोरन्जन वा भनौं फरक पहिचानको माध्यमको रुपमा यसलाई प्रयोग गर्ने गरेको देखिन्छ । विश्व स्वास्थ्य संगठन तथा विभिन्न अनुसन्धानअनुसार यसमा सुर्तीको लत व्यवस्थापनमा उपयोगी हुने असर खासै छैन, बरु ठीक विपरीत चुरोट सेवन नगर्ने मानिसमा समेत यसले चुरोट सुरु गर्ने माध्यम (गेटवे) को रुपमा भूमिका निर्वाह गरिरहेको छ । के हो ई–सिगरेट ? यो एक प्रकारको विद्युतीय उपकरण हो, जसले तरलरूपमा रहेको सूर्तीजन्य पदार्थ र यसमा प्रयोग भएको वास्ना (फ्लेभर)लाई तताएर बाफमा परिणत गर्छ । प्रयो...
सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

समाचार, समाज / जिवनशैली, स्वास्थ्य
काठमाडौं । धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ? यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश : धूपको धुवाँले कस्तो असर गर्न सक्छ ? धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ । हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । ध...
वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

समाज / जिवनशैली, स्वास्थ्य
नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) विश्वभर मृत्युको तेस्रो प्रमुख कारण हो, जसले सन् २०१९ मा ३० लाख २३ हजारले यही रोगका कारण ज्यान गुमाएका थिए । सीओपीडी एक दिन वा छोटो समयमा लागिहाल्ने रोग होइन । यसको विकास हुन धेरै वर्ष लाग्छ । जस कारण विशेषत: यो रोगले वृद्धावस्थामा बढी सताउँछ । के कारणले वृद्धमा सीओपीडी हुन्छ ? यो रोग के हो ? यसको उपचार छ ? चर्चा गरौं । सीओपीडी यस्तो रोग हो, जसमा बिरामीलाई सास फेर्न कठिन हुन्छ । यसलाई दीर्घकालीन दम रोग पनि भनिन्छ । सामान्यतया जब हामी हावाको सहायताले सास लिन्छौं, तब अक्सिजन रगतमा मिसिन्छ र कार्बनडाइअ...
मन्दिरका पुजारीलाई कुन रोगको जोखिम हुन्छ ?

मन्दिरका पुजारीलाई कुन रोगको जोखिम हुन्छ ?

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा पूजाका लागि धूप र अगरबत्तीको प्रयोग निकै गरिन्छ । मन्दिरमा बस्ने पुजारीहरुको त धूपसँगै दैनिकी बित्छ भन्दा पनि हुन्छ । चुरोटको धुवाँ, गाडीबाट निस्कने धुवाँ र दाउरा बालेर खाना पकाउँदा निस्कने धुवाँले श्वासप्रश्वाससम्बन्धी समस्या निम्ताउँछ भनेर विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन् । यस्तोमा धूप र अगरबत्तीको धुवाँले पनि फोक्सो तथा श्वासनलीमा असर पार्छ । मन्दिरका पुजारीहरूले पूजा, यज्ञ गर्दा दाउरा बाल्छन् । त्यससँगै धूप र अगरबत्ती पनि बाल्ने गर्छन् । धूप बाल्ने ठाउँ खासगरी घर र मन्दिर अलि साँघुरो र झ्याल ढोका नभएको ठाउँमा हुन्छ । यस्तो ठाउँमा धूप बाल्दा त्यसबाट फैलिएको धुवाँ र धुलोको कण सोझै मान्छेको फोक्सोमा पुग्ने छा रोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘धूप, अगरबत्तीबाट निस्कने धुवाँ र धुलोको सम्पर्कमा आउँदा पुजारीहरूमा श्वासप्रश्वाससम्बन्धी समस...