समाज / जिवनशैली

काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

समाचार, समाज / जिवनशैली
१४ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको थियो । बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।...
ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

समाचार, समाज / जिवनशैली
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...
कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

समाचार, समाज / जिवनशैली
काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । के हुन्छ सजाय ? नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न...
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

समाचार, समाज, समाज / जिवनशैली
२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’ जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि ...
मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

समाज / जिवनशैली
२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ । महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ । कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा...
पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

समाज / जिवनशैली, स्वास्थ्य
भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी मारेर बसेर ? आयुर्वेदका अनुसार भुईंमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ । यसरी पलेंटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ । यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ । किन राम्रो पलेंटी कसेर बसेर खानु ? मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ । तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेंटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको ...
दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

समाचार, समाज / जिवनशैली
परासी — बुधबार रातिदेखि परेको वर्षाको कारण पूर्वपश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । दाउन्ने सडकको आर्धा दर्जन भन्दा बढी स्थानमा स-साना पहिरो र सडकमा भल बग्दा आज बिहान ५ बजेबाट सडक अवरुद्ध भएको हो । नारायणगण बुटवल सडक खण्ड विस्तारको क्रममा सडकको अवस्था जिर्ण हुँदा भलले गर्दा सामान्य वर्षामा पनि घण्टौ सडक जाम हुने गरेको छ । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम तर्फ जान लागेका सवारी र यात्रु अलपत्र परेका छन् । ठूला र मालबहाक सवारीलाई पश्चिममा बर्दघाट र पूर्वमा दुम्कीबासमा रोकिएको छ । पहिरो र सडकमा जमेको लेदो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलले बताए । यसैगरी गैंडाकोटको थुम्सीमा पनि डाइभसर्नमा हिलोले सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडक एकतर्फी सञ्चालनमा आएको छ उनले बताए । सडक विस्तारको क्रममा दाउन्ने डाँड...
बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
७ जेठ, बुटवल । भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब २०० वचतकर्ता पुगेका थिए । सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा थिएनन् । यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । गेका थिए । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् । सहकारीका अध्यक्ष खिमराज ...
मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

समाचार, समाज, समाज / जिवनशैली
६ जेठ, म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो । बेनी–जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले रु नौ...
रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

समाज / जिवनशैली, स्वास्थ्य
२८ वैशाख, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । ‘मृतकको र घाइतेहरूको सनाखत भएको छैन,’ डिएसपी पोखरेलले भने ।...