बाढी प्रभावित काभ्रेका ३ स्थानीय तहलाई काठमाडौं महानगरले २०/२० लाख रुपैयाँ दिने

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।

महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले तीन वटै स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार गरेको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *