खेलकुद

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

खेलकुद, समाचार
१४ असार, काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ । सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए । तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । सुरुमा रंगशाला निर्माण थ...
आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

खेलकुद
काठमाडौँ — सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ । आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै कोलकाताको हातबाट प्लेअफमा सजिलै पराजित भएको ५ दिनपछि फेरि उही प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो । शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराएको थियो । यससँगै टिम तेस्रोपल्ट आईपीएल फाइनल पुगेको थियो । मंगलबार भएको पहिलो क्वालिफायरमा यही टिम दुईपल्टको च्याम्पियन कोलकाताको हातबाट हैदराबाद ८ विकेटले पराजित भएको थियो । हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार...
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

अन्तर्राष्ट्रिय, खेलकुद
२ जेठ, काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । ‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् । ‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यह...
अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना

अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२६ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग जितेर पीएसजीबाट सुखद बहिर्गनमको तयारीमा रहेका २५ वर्षीय फ्रेन्च स्टार एमबाप्पेको चाहना अधुरै रह्यो । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १-० ले पराजित भएपछि पीएसजी फाइनल पुग्नबाट वञ्चित भयो । पहिलो लेग पनि १-० ले जितेको डर्टमण्ड समग्रमा २-० को जित निकाल्दै फाइनल पुगेको छ । ‘एमबाप्पेका लागि यो असामान्य अवस्था हो’, इंग्ल्याण्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले टीएनटी स्पोर्ट्सलाई भने, ‘उनी त्यस्ता खेलाडी हुन् जसलाई हामी सबैभन्दा ठूलो क्षणहरूमा, सबैभन्दा ठूलो स्टेजमा हेर्ने बानी छ ।’ सेमिफाइनलको दुवै लेगमा एमबाप्पे चल्न नसकेको र उनले निर्णायक प्रदर्शन गर्न नसकेको फर्डिनान्डले बताए । हारको निराशा खेलपछि एमबाप्पे टाउको निहुराएर र तिघ्रामा हात राखेर अगाडि झुके । उपाधि नजिक पुगेर पनि टाढा हुनुको पीडा उनमा...
पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

खेलकुद, समाचार
१३ चैत, काठमाडौं । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो । अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौं बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे । साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए । त्यसअघि अरुण जेट्ली स्टेडियममा टस ...
वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१२ वैशाख, काठमाडौं । नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज खेलाडीको राम्रो स्वागत गर्न नसकेको र उनीहरुको खेलाडीको सामान भ्यानमा राखेको भन्दै आलोचना गरेका छन् । खेलाडीहरुको किट राख्ने भ्यान पनि राम्रो पठाउन नसकेको भन्दै आलोचना गरेका हुन् । खेलाडीलाई स्वागत गर्न गएका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आलोचना बारे जवाफ दिएका छन् । उनी खेलाडीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पनि पुगेका थिए । ‘लगेज भ्यानमा नै राख्ने हो, बसमा खेलाडी हुने हो । संसार भरी चल्ने नियम नै त्यहिँ हो, दासले भने, खेलाडीलाई भिभिआईपी सुरक्षा दिन हामी सरकारी निकाय त होईनौं । तर पनि स्कटिङ, लगेज भ्यान र बस थिए ।’ लगेज भ्यान यो भन्दा राम्रो पठाउन सक...
विश्वकपअघि देखिएको नेपालको कमजोरी

विश्वकपअघि देखिएको नेपालको कमजोरी

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र तयारीले प्रिमियर कप जितेर एसिया कप खेल्ने प्रमुख दाबेदार थियो । तर एसिया कप मात्रै होइन, शनिबार तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा ४ विकेटले पराजित भएपछि इमर्जिङ कप समेत गुमाएको छ । समूह चरणमा औसत प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा यूएई र तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा आफ्नो स्तर अनुसार खेल्न सकेन । समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा नेपालको भेट यूएईसँग भयो । पछिल्लो एक वर्षमा भएका अधिकांश भेटमा नेपाल...
बटलरको शतकमा राजस्थानको रोमान्चक जित

बटलरको शतकमा राजस्थानको रोमान्चक जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
५ वैशाख, काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७ औं शतक हो । यस सिजनमा बेंग्लोरविरुद्ध १०० रन बनाएका थिए । अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो । पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए । पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए । अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए । एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ ...
एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
३ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ । यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन...
एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो । यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो । कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो । यो ओमानको लगातार दोस्रो जित हो । यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि कम्बोडिया आफ्नो पहिलो ...