एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

१८ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो।

अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *